भूकम्प खतरनाक की हाम्रो निर्माण पद्धति ?

USAID rescue workers inspect the site of collapsed buildings after an earthquake in Kathmandu Nepal May 12 2015.
२०७२ सालको भूकम्पमा भत्किएका घर

नेपालको सम्पूर्ण क्षेत्र हिमालयको छेउमा टेक्टोनिक प्लेटहरूको गतिविधिसँग सम्बन्धित सक्रिय भूकम्पीय क्षेत्रमा पर्दछ।
उच्च भूकम्पीय जोखिमहरू सामना गर्ने नेपालका सहरहरूमा ठूलो संख्यामा घर तथा भवनहरू छन्, जुन प्रायः प्रबलित सिमेन्ट कंक्रीट (RCC) फ्रेमहरूबाट निर्माण गरिएका छन्। भूकम्पमा यस्ता संरचना भत्किँदा धेरैको ज्यान गएको छ । यस्ता भवन भत्कनुको मुख्य कारण व्यवसायिक प्रयोजनका लागि अवैध रूपमा थप तलाको निर्माण पनि एक कारण हो । त्यसैगरी, माटो परीक्षण बिना भवन निर्माण गर्ने, स्टील छडहरुको डिजाइन तथा नक्शा अनुरूप प्रयाेग नगर्नु , Seismic Gap/joint बिना अग्ला भवनहरू निर्माण गर्ने गर्दा पनि भूकम्पीय जोखिम बढ्न जान्छ।


हालका वर्षहरूमा पुरानो घरमा तल्ला थप गर्दा समेत विविध विषयहरूमा ध्यान नदिँदा भूकम्पीय जोखिम अझै बढिरहेको देख्न सकिन्छ। नयाँ तला थप्दा पुरानो कङ्क्रिट र नयाँ कङ्क्रिट काे बीचमा cold joint बन्न जान्छ। साथै स्टील डन्डीको मजबुती तथा त्यसको पकड़ शक्ति समेत खिया तथा अन्य विविध कारणले कम भइसकेको हुन्छ। यस्तो अवस्थामा भूकम्पको समयमा भवन भत्कन सक्छ।

image

२०७२ सालको भूकम्पपछि सरकारले सहरी योजना तथा भवन निर्माण मापदण्ड ल्याए पनि भवन मापदण्ड पालना नगरी निर्माण गरिएका भवन र संरचनाले नेपालका सहरमा भीड थपेको छ । खुला ठाउँको आवश्यकता, सेट ब्याक डिस्टेन्स वा फ्लोर एरिया रेसियोको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन र भूउपयोग नक्साविना जमिनको जथाभावी प्लटिङले भूकम्प, बाढी र पहिरो जस्ता प्रकोपको जोखिम समेत बढाएको छ ।

नेपालका सबै नगरपालिकाले सहरको दायराभित्र निर्माण गर्न सकिने बढीभन्दा बढी तलाको भवनको प्रकार र वैधानिकताको वर्गीकरण गर्नु पर्ने भए पनि सरकारको सुपरिवेक्षण नहुँदा र ठेकेदारको एकाधिकारका कारण काठमाडौं उपत्यका र नेपालका अन्य प्रमुख सहरहरूमा भवन निर्माणमा न्यून गुणस्तरका सामग्री प्रयोग हुने गरेको छ ।

त्यसमाथि पनि शहरी क्षेत्रमा आजकाल घर बनाएर बेचबिखन गर्ने र त्यसबाट अकुत नाफा कमाउने उदेश्यले घरहरू जथाभावी निर्माण भएको पाइन्छ। प्राविधिक कुरा भन्दा पनि देखावटी साथसाथै मितव्ययी निर्माण गर्ने र बढी भन्दा बढी फाइदा कमाउने उदेश्यले बनाइएका त्यस्ता घरहरुले समेत जोखिम बढाएको पाइन्छ।


अर्को कुरा, निर्माण भएका अधिकांश आरसी भवनहरूमा बलियो पिलर र कमजोर बिमको (weak beam, strong column) सिद्धान्त पालना नगरिएकोले भूकम्पका बेला भवनहरू भत्किने र भत्किनुको एउटा कारण बनेको छ। यस्तो अवस्थामा जनताले भूकम्प जाँदा घर बनाउने आर्थिक पक्ष मात्र नभई सुरक्षाको पक्ष पनि बुझून् भनेर सरकारले विज्ञहरूमार्फत ग्रामीण क्षेत्रमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने हुन्छ । भूकम्प दिवसमा एक दिनको अभिमुखीकरणले भूकम्पबाट हुनसक्ने खतराका बारेमा ग्रामीण क्षेत्रका जनतामा चेतना जगाउन पर्याप्त हुन सक्दैन ।


अन्तमा, हामी भूकम्पको तीन चरणहरूको लागि तयार हुनुपर्छ। ‘भूकम्पले मान्छे मार्दैन, भवनले मार्छ’ भनाइ छ । निर्माण कोडका आवश्यकताहरू पूरा गर्ने सुरक्षित भवनहरू आवश्यक छन्, र भूकम्प पूर्व चरणमा निर्माण गरिनुपर्छ। अघिल्लो डिजाइनमा भएका सानातिना त्रुटिहरूलाई पनि न्यूनीकरण गर्न विभिन्न परामर्शदाताहरूद्वारा डिजाइन गरिएका सार्वजनिक भवनहरूलाई विज्ञहरूले जोखिम मूल्याङ्कनका लागि समीक्षा गर्नुपर्छ।


भूकम्पको समयमा सुरक्षा, आगलागी रोकथाम, छेउछाउका भवनहरू ध्वस्त पार्ने र त्यसको प्रभावबारे विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरूलाई विभिन्न तालिमहरू मार्फत जानकारी गराउनुपर्छ। भूकम्पपछिको चरणमा भवनहरूको पुनर्निर्माण गर्न भूकम्पले कमजोर भएका भवनहरूको नमूना सङ्कलन र प्रबलीकरण प्रक्रिया लागू गरी भवनहरूको पुनः डिजाइन गर्नुपर्छ।
संरचनागत कमजोरी, असफलता र निर्माण त्रुटिबारे विद्वान र सम्बन्धित निकायले अनुसन्धान गरि संरचना भत्किने र जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ ।


The Himalayan Times, January 18, 2023 काे सहयोगमा।

Leave a Comment