घर बनाउनको लागि घरधनीको जग्गा र आवश्यकतालाई नगरपालिका/गाउँपालिकाको भवन निर्माण संहिता र मापदण्ड अनुसरण गरेर नक्सामा उतार्ने कार्य नक्सा डिजाइनमा पर्दछ । भवन डिजाइन तथा निर्माणमा संलग्न प्राविधिकको मद्दतले घर नक्सा डिजाईन गरिन्छ । सो नक्साको मद्दतले ठेकेदार/निर्माणकर्मीले भवन निर्माण गर्न सक्दछ । नयाँ घर बनाउन, तला थप्न र भवनमा केही परिवर्तनहरु गर्नुपरेमा नक्सा डिजाइन गर्नुपर्दछ ।
नक्सा डिजाइनमा ध्यान दिनुपर्ने पक्षहरुः
- अमिनबाट आफ्नो जग्गाको लम्बाइ, चौडाइ, चारकिल्ला, भिरालोपन,घडेरीसँगैको बाटोको नाप लिने/जाँच गराउने ।
- खानेपानी, ढलनिकास, बत्ती, टेलिफोन आदिको कस्तो व्यवस्था छ भन्ने बारे जानकारी लिने ।
- नक्सा डिजाइन गर्नु अघि सम्बन्धित घरधनीले आफ्नोआवश्यकता र आर्थिक क्षमताबारे आफ्नो परिवारसँग छलफल गर्ने ।
- भवन निर्माण अनुमति प्रक्रिया र स्थानीय भवन मापदण्डको बारेमा जानकारी भएको प्राविधिकलाईमात्र नक्सा बनाउन दिने ।
- नक्सा बनाउँदा आफूपनि सक्रिय रुपमा सहभागी हुदै प्राविधिकसँग घर सम्बन्धित आफना सबै आवश्यकता र आर्थिक क्षमताबारे खुलस्त छलफल गर्ने ।
- घर बनिसकेपछि परिवर्तन गर्न गाह्रोहुने भएकाले नक्सा बनाउँदा चाहिने जति समय दिएर आवश्यक परिवर्तन गर्ने । घर निर्माणको क्रममा केही परिवर्तन गर्नुपरेमा नगरपालिका/गाउँपालिकाबाट पुनः स्वीकृति लिनुपर्दछ ।
प्राविधिकसँग छलफल गर्दा ध्यान दिनुपर्ने पक्षहरुः
- घरमा बढि समय विताउने ठाँउमा घाम र हावा पर्याप्त मात्रामा हुनुपर्ने सम्बन्धमा ।
- इनार, पानी ट्याङ्की, सेप्टिक ट्याङ्की आदिको स्थानले अरु कार्यमा बाधा नपुग्ने सम्बन्धमा ।
- आफ्नो साँस्कृतिक पक्ष र धार्मिक आस्था अनुसार भान्छा, पूजाकोठा, सुत्नेकोठा आदि निर्धारण गर्ने सम्बन्धमा ।
- यदि परिवारमा कोही अपाङ्गता वा दृष्टिविहीन सदस्य छन्भने उनीहरुको सुविधाको सम्बन्धमा साथै बालबालिका, बृद्धबृद्धा र अतिथिहरुको सुविधाको सम्बन्धमा ।
यी र यस्तै घर निर्माण कार्य सम्बन्धी कुनैपनि जिज्ञासा तथा परामर्श सेवा को लागि हामीलाई सम्पर्क गर्नुहोला।
त्रिकोण डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा. लि.
सातदोबाटो, ललितपुर